image
image

गहुँको समर्थन मूल्य तोकियो, किलोमा ५ रुपैयाँ बढ्यो

काठमाडौँ २८ चैत । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ। चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार एक सय ११ रुपैयाँ तोक्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बताएका थिए ।

सरकारले कृषकले उत्पादन गरेका बालीहरूको उचित मूल्य प्राप्तिसहित बिक्री सुनिश्चित गरी बजारीकरणमा सहयोग गर्न धान, मकै, गहुँ, उखू लगायतको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने उल्लेख छ । तेही अनुसार  गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार एक सय ११ तोकिएको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।