किन रखिएन सरकारले दिएको पदकमा नयाँ नक्शा ?
काठमाडौँ २८ चैत । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् ।शीतलनिवासमा प्रदान गरिएको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्शा नदेखिएकोले विभिन्न प्रश्न उठीरहेका छन् ।
संसदले समेत अनुमोदन गरेको उक्त नक्शामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि पनि समेटिएको भएपनि शुक्रबार वितरण भएको पदकमा नयाँ नक्शा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्शा खै’ भन्ने प्रश्न उठेको हो ।
प्रश्न उठेपछि यो विषयमा गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुरले पोहोर सालकै पदक भएको बताएका छन् ।कोरोना कहरको कारण वितरण हुन नसकेको गतवर्षको पदक हालै वितरण भएकाले नयाँ नक्सा भएको बाताएका छन् । उनका अनुसार यो पदक २०७६ सालमा घोषणा गरिएको थियो ।
त्यस्तै उनले पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्शासहितको पदक प्रदान गरिने बताए ।