image
image

सर्वोच्चको आदेश विपरित कवाडी सामानमा ‘दोहोरो कर’

काठमाडौँ २८ चैत । काठमाडौँको चन्द्रागिरी नगरपालिकाले सर्वोच्चको आदेश विपरित कवाडी सामानमा ‘दोहोरो कर’लिने गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा संकलन गरिने बोतल, कागज, तामा, पित्तल र ब्याट्री लगायतका सामाग्री काठमाडौं बाहिर लैजाँदा चन्द्रागिरीले दोहोरो कर लिएको हो ।

सर्वोच्च अदालतले कवाडीमा दोहोरो कर नलिन आदेश गरेको भएपनि नगरपालिकाले अदालतको आदेशलाई अटेर गर्दै कर लिने गरेको छ । ०७५ असोज २२ मा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानले ‘बाटो प्रयोग बापतको कर नलिनु, लिन नलगाउनु’ भन्ने अन्तरिम आदेश जारी गरेका थिए । 

गत २०७५ कार्तिकमा न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सो आदेशलाई सदर गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरमा संकलन गरिएको कवाडी सामाग्री चितवन, बारा, पर्सा र नवलपरासीमा रहेका उद्योगहरुमा पठाउने गरिन्छ । उद्योगमा सामान लैजाने ट्रकसँग गुर्जुधारामा चन्द्रागिरी नगरपालिकाबाट खटिएका कर्मचारीले कर लिने गरेका छन् ।  
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।