एक वर्षमा ३३.७ प्रतिशतले बढ्यो सुनको मूल्य
काठमाडौँ २८ चैत । कोरोना महामारीका करण धेरै व्यापार हुन नसके पनि सुनचाँदीको मूल्य भने बढेको छ । नेपाली बजारमा एक वर्षमा ३३.७ प्रतिशतले सुनको मूल्य बढेको छ । एक वर्ष पहिला सुनको मूल्य प्रति तोला ५९ हजार ६ सय रुपैयाँ प्रति तोला रहेकोमा ३० हजार ३०० रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ प्रति तोला भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने ७७.७७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला बैशाख २ गते ७ सय २० रुपैयाँ रहेकोमा ५ सय ६० रुपैयाँले बढेर २०७७ चैत २८ गते १ हजार दुई सय ८० रुपैयाँ कायम भएको छ ।
गत वर्षको चैत महिनामा धेरै समयसम्म सुनचाँदी बजार कोभिड १९ कारण बन्द भएकाले नेपाली बजारमा सुनचाँदीको मूल्य नै सार्वजनिक भएन तर, चैतको अन्तिम हप्ता सार्वजनिक भएको मूल्य अनुसार ७७ हजार पाँच सय रुपैयाँ प्रति तोला रहेको थियो भने चाँदीको मूल्य भने ७ सयसम्म आएको थियो ।
त्यस्तै सुनको मूल्य गत वर्षको साउन भदौमा भने एक लाखभन्दा माथि पुगेको थियो । सुन व्यापारीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले तत्कालिन १० किलोको कोटालाई बढाएर २० किलो पुर्याएको छ ।