वैशाख ६ र ७ मा भिटामिन ए खुवाइँदै
काठमाडौ। सरकारले आगामी वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने छ। जनसंख्या मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालय/स्थानीय तहसँग पत्रचार गरि समन्वय गर्न अनुरोध गरेको छ।
बालभिटा कार्यक्रम लागू भएका जिल्लामा भने ६ देखि २३ महिनाका बालबालिकालाई बहुसक्ष्म पोषक तत्त्व पनि वितरण हुनेछ। साथै कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्त्रालयले स्वास्थ्य सजग हुदैँ यो अभियान सञ्चालन गर्न आग्रह गरेको हो।