image

आक्रमक रुपमा फैलिदै कोरोना, भारतमा एकैदिन भेटिए झण्डै डेढ लाख नयाँ संक्रमित

काठमाडौं । पछिल्लो केहि दिन यता विश्व भरि नै कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै  कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ ।यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । त्यस्तै पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।