image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान  

काठमाडौँ २८ चैत । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यस्तै हाल प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरूमा आंशिक वदली बदली रहेकाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी  भूभागका एक वा दुइ स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको बताएको छ।  

शनिबार
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ  । त्यस्तै राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। 

आइतवार
भोलि आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।  पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । 

सोमवार
सोमबार दिउँसो  सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहने छ।सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महासखाको अनुमान रहको छ । त्यस्तै सोमबार राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।