image
image
यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो ।
 
भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट विश्वकप जितेको छ । यस बाहेक भारतले ८ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल खेलेको छ । अर्थात् अहिलेसम्म भारतले ५ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल जितेको छ भने ३ पटक हार बेहोरेको छ । भारतीय टोली कीर्तिमानी छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यका साथ अष्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ ।

भारतीय टोलीले पहिलो पटक यू–१९ क्रिकेट विश्वकप २००० जितेको थियो । उक्त भारतीय टोलीका कप्तान मोहम्मद कैफ थिए । यसपछि भारतले सन् २००६ को अन्डर–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो तर उपाधि खेलमा पाकिस्तानसँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको टोलीले २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो । त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रो पटक च्याम्पियन बनेको थियो । उक्त भारतीय टोलीका कप्तान उन्मुक्त चन्द थिए । इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेन ।

त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो । त्यस पटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो ।

भारतीय टोलीले पाँचौं पटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो । त्यतिबेला यश धुलले नेतृत्व गरेका थिए । तर, फेरि एकपटक भारतीय टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरेका छन् ।

यदि भारतीय टोली अष्ट्रेलियाविरुद्धको फाइनलमा जित निकाल्न सफल भयो भने यो कीर्तिमानी छैटौं उपाधि हुनेछ ।अस्ट्रेलियाले पहिलैं संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो । त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो । अस्ट्रेलिया चौथो उपाधिको खोजिमा छ ।यू १९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हावी भएको छ । आइतबारको फाइनल तेस्रो भिडन्तको रुपमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।