कन्काईमा नोबेलको तीन दिने स्वास्थ्य शिविर हुने
काठमाडौँ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
गरेको हो ।
रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मङ्गलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गराइएको छ । २ सय ३ जनाको ल्याब टेष्ट, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय ७८ जनाको इसीजी गरिएको हो।
कन्काई–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा बुधबार र बिहीबार दुई दिन सञ्चालित शिविरबाट २ हजार ३६ जना बिरामी लाभान्वित भएका छन् भने शिविरमा ३ सय ५२ जनाको इसीजी, ३ सय ३ जनाको ल्याब टेष्ट र ४ सय १३ जनाको भिडियो एक्सरे गरिएको छ । दुई स्थानमा तीन दिन सञ्चालित शिविरमा ३ हजार २० जनाको निःशुल्क उपचार गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् ।