image
image

भोलि शनिबार आरटिजिएस प्रणाली पनि संचालन हुने 

काठमाडौँ २७ चैत ।भोलि शनिबार आरटिजिएस प्रणाली पनि संचालन हुने भएको छ । भुक्तानी प्रणाली विभागले शनिबार (चैत २८) र आइतबार (चैत २९) नर्मल बिजनेस डे सञ्चालन हुने जनाएको हो ।

चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्र बैंकले २०७६ भदौ २५ गतेदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजिएस) प्रणाली लागू गरेको थियो । त्यस्तै राष्ट्र बैंकले यसअघि नै राजस्व संकलनका लागि सम्पूर्ण बैकिङ कार्यालय खुला रहने जनाएको छ ।

असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेपनि बैंकको काउन्टर खुला गर्दै आएको छ । यी महिना राजस्व संकलन हुने महिना हो । महिनाको अन्तमा अझ बढी राजस्व संकलनको चाप बढ्ने गरेकाले सो निर्णय गारेको हो ।  
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।