image
image

पशुपति क्षेत्र विकास कोषको जग्गामा गुठीको ठेक्का

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सिफलस्थित धोबिखोला किनारको करिब ६ रोपनी जग्गामा गुठी संस्थानले ठेक्का दिएपछि तरकारी बजारका लागि संरचना निर्माण हुन लागेको छ ।

२०२१ सालको नापीमा भगवानस्थानको कित्ता नं ६२ को क्षेत्रफल ५ रोपनी १२ आना र तेही ठाउँको कित्ता नं. ६३ को १२ आना कायम गरिएको उक्त जग्गामा संस्थानले १० वर्षका लागि तरकारी बजार सञ्चालन गर्नका लागि ठेक्कामा दिएको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेको उक्त जग्गाको दुरुपयोग हुन नदिन कोषले ताकेता गरे पनि संस्थानले साथ नदिएको बताए हुन् । यसरी मनपरी जग्गाको दुरुपयोग गर्न कुनै हालतमा नमिल्ने थापाको भनाइ छ । 

उक्त जग्गाको कोषले २०५२ सालसम्म तिरो तिरेको कोषाध्यक्ष थापाले जानकारी दिनु भएको छ । उनले भने, कुनै हालतमा त्यो जग्गामा संस्थानले एकलौटी निर्णय गरेर ठेक्का लगाउन पाउने छैन। उक्त जग्गाको मोही भनिएको मनकामना भारतीको निधन भएपछि मोही कोही नभएको उनको भनाइ छ । उनका अनुसार उक्त जग्गाको सदुपयोग गर्न संस्थानलाई पटक पटक पत्र पठाए पनि कुनै प्रतिक्रिया आएको छैन । उक्त जग्गा दुरुपयो नहोस भनेर संरचना निर्माण गर्न लागिएको हो।  

थापाले भने उक्त जग्गामा व्यक्तिका आँखा परेकाले जोगाउन संस्कृति मन्त्रालयदेखि सरोकारवाला सबै सरकारी निकायलाई बोधार्थ दिएर पत्राचार गरेको बताए छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।