हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ
काठमाडौँ। पर्सा जिल्लाको विरगञ्जबाट हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा रहेका छन् ।
बुधबार दिउँसो २ः३० बजेको समयमा विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गरिने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए छन् ।
ना. ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका जोखन साई र तवारख देवानको साथबाट प्रहरीले उक्त रकम बरामद गरेको ह। थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् ।
उनीहरुमाथि वैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरीत कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद ७ दिन म्याद थपी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका छन् ।