image
image

अर्थले १७ मन्त्रालयसँग गर्‍यो बजेट छलफल

काठमाडौं । अर्थ मन्त्रालयले हालसम्म १७ वटा मन्त्रालयसँग आगामी बजेटमा के कस्ता कार्यक्रम समावेश गर्ने सम्बन्धी बजेट छलफल सकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीबाट छलफल शुरु भएको हो । त्यसयता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई, खानेपानी, कृषि तथा पशुपंक्षी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरिएको छ ।  

यस्तै  उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण र भूमि व्यवस्था, महिला, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून, न्याय तथा अन्य संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय सँग बजेट छलफल भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोहीअनुसार बजेट प्रस्ताव गर्न सबै मन्त्रालयलाई भन्दै आएको छ । हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार बजेट लेखनका लागि सुझाव लिने काम भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।