आज प्रदेश १ का पहाडी स्थानमा पानी पर्ने
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ का पहाडी स्थानमा पानी पर्ने छ ।स्थानीय वायु, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीका कारण प्रदेश १ पहाडी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
विभिन्न प्रणाली र वायुका कारण बिहानैदेखि मौसम बदली भएको महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी गराउनु भएको छ। ठूलो वर्षा र हावाहुरीको सम्भावना न्यून रहेकाले पश्चिमी, मध्य पहाडी तथा तराइका विभिन्न भू-भागमा लागेको तुँवालो उस्तै रहने उहाँको भनाइ छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस रहँदा दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ ।