लोड गरेको भरुवा बन्दुक बरामद
काठमाडौं। बर्दिया जिल्लाको मधुवन नगरपालिका –८ स्थित गणेश सामुदायिक बनमा भेटिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
बिहीबार राति लोड गरेर छाडेको अवस्थामा एउटा भरुवा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएक छन् ।
सामुदायिक वनमा कार्यरत चौकीदारले दिएको सुराकका आधारमा प्रहरीले बन्दुकमा लाग्ने छर्रा,भरुवा बन्दुक, गोली र बारुद बरामद गरेका छन् ।