नागरिक लगानी कोषले करिब साढे ९ अर्ब रकम मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ । नागरिक लगानी कोषले करिब साढे ९ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचना जारी गर्दै ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ मुद्दती निक्षेपमा भएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले बताएको छ । त्यस्तै कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन पनि आग्रह गरेको छ ।
कोषले आगामी वैशाख २ गते बेलुका ४:३० बजे भित्र सिलबन्दी प्रस्ताव बुझाउन समेत आग्रह गरेको छ ।