बरुण हाइड्रोपावरको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा
काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ । कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइ भैतिक रुपमा कारोबार हुने व्यवस्था भएको समेत जानकारी गराएको छ ।
कम्पनीको गत पुस २६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव उल्लेख गरेको थियो । कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गराइएको हो ।
सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराइ बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।