image
image

अन्ततः बन्द हुने भयो शैक्षिक संस्था, अब भर्चुअल कक्षा हुने 

काठमाडौं । दिनानु दिन कोरोना संक्रमितको संख्या बढ्दै  जाँदा  स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्नका  लागि सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन्  ।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा पठनपाठनको निर्णय गर्ने मन्त्री त्रिपाठीले बताएका छन्।

प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भर्चुअल माध्यमबाट लैजानु बाहेक अर्को उपाय नभएको उनले बताएका हुन्।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनको भनाई छ। कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यो  रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नु जरुरी देखिएको समेत उनले बताए ।

पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरोनाको असर देखिएपछि शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्रभावित भएको मन्त्री त्रिपाठीले बताए छन् ।

त्यस्तै लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबैले ध्यान जाओस भन्दै  लकडाउन गर्नु सरकारको रहर होइन बाध्यता हो उनले भनेका छन्। विहिबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिन सबैले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।