image
image

यो वर्ष शनिवार र घोडेजात्राको दिन पनि बैंक खोल्नुपर्ने

काठमाडौँ। चैत महिनाको बाँकी दिनमा परेको सार्वजनिक विदामा समेत बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्नुपर्ने भएको छ ।नेपाल राष्ट्रबैंकले सूचना प्रकाशित गर्दै चैत २५ गते पछाडि सार्वजनिक विदाको  दिनमा पनि बैंक शाखा खोल्न निर्देशन दिएको छ। 

चैत २५ गते र त्यसपछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परे पनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्रबैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुल्नु पर्ने भएको छ ।  त्यस्तै चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम्  नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन केन्द्रीय बैंकले अनुरोध गरेको छ । 

आउने शनिवार र त्यसको भोलिपल्ट आइतबार परेको सार्वजनिक विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।