बेलायतबाट नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याइँदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउने निर्णय गरेको नेपाल राष्ट्र बैंकले बताएको छ। सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो । सो मेसिनले सक्कली वा नक्कली नोट हो भनि छुट्याउनेछ ।
यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको बताएको छ ।