स्थानीयका घर भत्काएर बनाइएका करिडाेर सडकमा अवैध पार्किङ
काठमाडौं। काठमाडौं उपत्यकाको सडकमा सवारी जाम हुनु कुनै नौलो कुरा मानिदैना। उपत्यकामा विभिन्न करिडोर निर्माण भएपछि सडकको जाम कम हुने आशा गरिए पनि अवस्था सोचेजस्तो हुन सकेको छैन।
फराकिला, अनि चिल्लो बाटोहरू बने पनि जथाभावी पार्किङले गरिने करिडोर पनि अस्तव्यस्त भैरहेको छ। यसले गर्दा मुख्य सडकमा हुने चापमा कुनै पनि परिबर्तन आएको छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका मुख्य करिडोर व्यवस्थापन गर्न १७ वटा मोटरसाइकलमा ३४ जना ट्राफिक प्रहरी कर्मचारी परिचालन गरेको छ ।
तर करिडोरको दायाँ–बायाँ सवारी साधन पार्किङ्ग गरिँदा जाम हुने स्थितिमा पुगेको छ । करिडोर नै व्यवस्थित हुन नसकेपछि मुख्य सडकमा सवारीको साधानको चाप उस्तै छ। आफूहरूले भर्खरै मात्र करिडोर व्यवस्थापनमा जनशक्ति खटाएकाले व्यवस्थित हुन केही समय लाग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्त प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी गरेका छन्।
प्रहरीले करिडोरमा जथाभावी पार्किङ गर्ने सवारी चालकहरूलाई कारबाहीको दायरामा ल्याउने दावी गरे पनि बाटोमा जतासुकै गाडी राख्ने प्रवृत्ति भने हटेको छैन।