image
image

भारतियालाई न्युजिल्याण्ड प्रवेश निषेध 

काठमाडौँ।  भारतबाट आउने व्‍यक्तिलाई न्युजिल्याण्डले अस्थायी प्रतिबन्ध लगाएको छ । साथै उक्त प्रतिबन्ध भारतमा रहेका न्युजिल्याण्डका नागरिकको हकमा पनि लागू हुनेछ । भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै  न्युजिल्याण्डले दुई साताका लागि प्रतिबन्धको निर्णय गरेको हो ।

बिहीबार न्युजिल्याण्डमा २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ जना भारतबाट आएका व्‍यक्ति  थिए । यससँगै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भारतबाट  न्युजील्याण्ड आउने व्यक्तिलाई प्रवेशमा रोक लगाउने घोषणा गरेकी हुन् ।

अप्रिल ११ बाट  यो निर्णय कार्यान्वयनमा आउने र अप्रिल २८ सम्म जारी रहनेछ भने उक्त अवधिमा सरकारले जोखिम नियन्त्रणका लागि अन्य उपायको खोजी गर्नेछ । पहिलोपटक न्युजिल्याण्डले आफ्नै नागरिकहरुलाई पनि मुलुक प्रवेशमा रोक लगाएको थियो।

यस अघि पनि न्युजिल्याण्ड लकडाउनलाई कडाइको साथमा पालना गराउने र कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको एक मुलुक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।