image
image

 ९५ लाखको सुटकेश चोरी गर्ने  ४ जना पक्राउ 

काठमाडौं। ललितपुरको हरिसिद्धिबाट ९५ लाखभन्दा बढी मूल्यको सुटकेश, ब्याग र ल्यापटप  चोरी गर्ने ४ जना  पक्राउ परेका छन् । उनीहरुले अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चैत २३ गते चोरी गरेको नेश घिमिरेले बताए ।
 
पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् । सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौं बस्ने महेश अधिकारी अर्वन ओएसिस इन्टरप्राइजेजका पूर्व कर्मचारी हुन् । उनको योजनामा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर प्रहरीले चोरीमा संलग्न आरोपीलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको छ । आरोपीका डेराबाट प्रहरीले चोरीका सुटकेश र झोला बरामद गरेको हो। बा.२१च ७३४४ नम्बरको गाडी प्रयोग गरेर उनिहरुले चोरी गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।