वायु प्रदूषण उच्च, स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा
काठमाडौं । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा समयमा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र फैलिएको डढेलोपछिको प्रदूषणले उच्च रुपमा असर पुर्याउने प्रस्ट छ । झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषणका कारण स्वास्थमा असर पर्न जान्छ। काठमाडौं उपत्यका लगायतका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको थियो। यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भएको छ ।
भक्तपुरमा वायु प्रदूषण सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले बताएको छ। बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियको थियो भने अपरान्हपछि उस्तै बन्न पुग्यो । यस्तै अवस्था रहिरह्यो भने मानिस घरभित्रै बसे पनि सुख पाउने अवस्था छैन । भित्रै बस्दा पनि आँखा पोल्ने,आँखा चिलाउने,रातो हुने, घाँटी खस्खसाउने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासीले बताएका छन्।
सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च रुपमा बढ्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताएका छन् ।