image
image

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा खर्च धान्न मुस्किल 

काठमाडौं। पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य  उकालो लागेको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धन्न नसक्ने अवस्थामा पुगेका छन्।

मूल्य वृद्धि हुँदा ​​​​​​कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको नेपालीको भान्छा एक्कासि महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ।

यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढ्दै गएको छ। साथै गत वर्ष चैतको तुलनामा यस वर्ष मुख्य गरि  हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। यद्यपी प्याज र आलु भने केही सस्तिएका छन्।

यसरि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तालाई खर्च धान्न मुस्किल भईरहको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।