कोरोनाको दोस्रो लहरको त्रास, राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको हो। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको छ।
त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर निस्किदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ।
पछिल्लो २४ घण्टामा २ सय ९८ जना कोभिड सङ्क्रमित थपिएका छन् भने दैनिक सङ्क्रमित थपिने दर बढ्दो क्रम छ। छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वातै बढेको कारण पनि देशभर थप सुरक्षा व्यवस्था अपनाउनु पर्ने अवस्था भएको छ।
काठमाडौं, पोखरा लगायत ठुला सहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउनु भनिएको छ। मानिसको भिड हुने स्थानहरूमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन समेत दिएको छ।