आज बाट शुरू भयो चिनियाँ खोप
काठमाडौँ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको उपस्थिति खोप कार्यक्रमको सुरुवात भएको छ।चीन सरकारको अनुदानमा आएको ८ लाख डोज खोप बुधबारदेखि दिन शुरू गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारी, तथा अग्रपंक्तिमा काम गर्नेलाई लगाइने छ।
यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि,र तरकारी व्यवसाय गर्ने व्यक्तिलाई पनि खोप दिइने मन्त्रालयले बताएको छ।काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,रसुवा र नुवाकोट जिल्लाका २३ स्थानमा खोप अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।