अफगानिस्तान टोली घोषणा
२२ पुस, काठमाडौं । भारतविरुद्धको टी–२० सिरिजका लागि अफगानिस्तानले टोलीको घोषणा गरेको छ । अफगानिस्तान क्रिकेट बोर्ड ९एसीबी० ले तेस्रो टी–२० सिरिजका लागि १९ खेलाडी छनोट गरेको छ । टोलीको कप्तानी ओपनर इब्राहिम जाद्रानले गर्नेछन् । राशिद खान र मुजिब उर रहमान टोलीमा फर्किएका छन् ।
राशिदको हालै ढाडको शल्यक्रिया गरिएको थियो । जसका कारण उनी हालै युएई विरुद्धको टी–२० सिरिजमा सहभागी भएनन् । स्पिन बलर मुजिब उर रहमान पनि टोलीमा फर्किएका छन्, जो हालै युएई विरुद्धको टी–२० सिरिजमा सहभागी थिएनन् । भारतविरुद्धको सिरिज जनवरी ११ बाट सुरु हुनेछ ।
भारत र अफगानिस्तानबीचको ३ टी–२० खेलको शृंखला जनवरी ११ बाट सुरु हुनेछ । टीम इन्डियाले पहिलो टी(२० खेल मोहालीमा खेल्नेछ। दोस्रो खेल १४ जनवरीमा इन्दौरमा र तेस्रो खेल १७ जनवरीमा बैंगलोरमा हुनेछ ।
राशिदको ढाडको शल्यक्रिया २३ डिसेम्बर २०२३ मा भएको थियो । राशिदले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेर यो जानकारी दिएका हुन् । तस्बिरसँगै उनले क्याप्शन लेखेका छन्, सबै प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। शल्यक्रिया राम्रोसँग भयो र म अब रिकभरीको बाटोमा छु। म मैदानमा फर्किन आतुर छु ।
अफगानिस्तान टोली: इब्राहिम जद्रान (कप्तान), रहमानउल्लाह गुरबाज , इक्राम अलीखिल, हजरतुल्लाह जाजाई, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, करीम जनात, अजमातुल्लाह ओमरजाई, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, फजलहक फारुकी, फरीद अहमद, नवीन उल हक, नूर अहमद, मोहम्मद सलीम, कैस अहमद, गुलबदिन नाइब र राशिद खान।









