नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा रहेका युवा कृषि कर्ममा रमाउँदै
काठमाडौँ। म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यस वर्ष आलु बिक्री गरेर दुई लाख कमाए। आलुको बीउ महँगो भएकाले थोरै मात्र किनेर हिउँदे आलु रोपेकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उनलाई यसमा कुनै दुःखेसो छैन।
अरु बेला जस्तो आलु बेच्न बजार लानु पनि परेन। ग्राहकले घरमै आएर लगे। थोरै आलुको पनि राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट खुसि छन्। म्याग्दीको पल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय भएको छ। यो वर्ष आलुको बीउ आकसिएकाले बीउको अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ आएकोले आलु किसान खुशी छन्।
राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन। महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उनी खुशी छन्। छन्त्याल जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै भब्य आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै रुचि देखेका छन्।
तरकारीसंगै म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन्।
मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आएका छन्। पौडेलमात्र होइन,त्यहाँ वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्।त्यस्तै बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ।
वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन्। जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का। नौ वर्ष अरबको खाडीमा दुख गरेर बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालन व्यवसाय शुरु गरेका हुन्। खड्काले साउदी, कतार र इराकमा गरि नौ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने चक्करमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन व्यवसाय शुरु गरेका छन्।
म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्यो र त्यहीँबाट फर्काइ दियो उनले भने जे भयो राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ। खड्काले सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी १५ लाखको लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेका हुन्। खड्का जस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय शुरु गरेका स्थानीय तहका कृषि शाखाले बताएका छन्।