आज नेप्सेमा झिनो अङ्कको गिरावट, कारोबार रकम भने ७ अर्ब माथी
काठमाडौँ २५ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधवार झिनो अङ्कको गिरावट देखिएको छ। नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ। यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २.८५ अंकले घटेको छ।
बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ । आजको कारोबारमा २१५ कम्पनीको १ करोड ६५ लाख ९३ हजार ५ सय १ सेयर ७६ हजार ५ सय ९१ पटक कारोबार हुँदा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५७० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूह बढेका छन् भने बाँकी ७ उपसमूह घटेका छन् । साथै आज ५ कम्पनीको कारोबार भने उच्च रहको छ भने रायरंग जलविद्युत् विकास कम्पनी लिमिटेडले आज धेरै गुमाएको छ ।