बजारमा सुनको चरम अभाव,व्यवसायी नै मूल्य भन्दा बढी तिर्न वाध्य
काठमाडौँ २५ चैत । पछिल्लो समय नेपालमा सुनको अभाव देखिन थालेको छ । केहि समय आगाडी सुन आयातको १० किलोको कोटालाई बढाएर २० किलो बनाईएको भएपनि माग भने धन्न नसकेको व्यवसायीको भनाई छ । पुरानो सुन किनेर बजार धान्न नसकेपछि व्यवसायी नै मूल्य भन्दा बढी पैसा तिर्न वाध्य भएका छन् ।
त्यसैगरी व्यवसायीले आफ्ना ग्राहकलाई टिकाइ राख्न बजार मूल्यभन्दा ३ हजार रुपैयाँ बढीमा सुन खरिद गरेर बिक्री गर्न बाध्य भएको बताएका छन् । बजारमा सुनको चरम अभाव हुँदा राष्ट्र बैंकले कोटा तोकेको सुन कथित २० देखि ३० जना व्यवसायीका कब्जामा रह्दा देशभरका २० हजार व्यवसायीले दुःख पाइरहेका बताए ।
राष्ट्र बैंकको सुन वितरण कार्यविधि अनुसार उपत्यका बाहिर र उपत्यका भित्र आयातित कोटा सुुन ५०÷५० प्रतिशत वितरण हुन्छ । सो ५० प्रतिशत सुनमध्ये त्यसको ५० प्रतिशत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउँछन् भने बाँकी ४० प्रतिशत नेपाल रत्न आभूषण महासंघ र कला व्यवसायी संघले पाउँछन् भने बाँकी १० प्रतिशत हस्तकला महासंघले पाउने व्यवस्था छ ।तर सुन वितरण प्रणालीमा भएको चलखेलका कारण वास्तविक व्यवसायीले सुन नपाउँदा बढी मूल्य तिरेर सुन खरिद गरी बिक्री गर्न बाध्य भएको भनाई छ ।