image
image

भारतमा एकैदिन थपिए कोरोनाका एक लाख १५ हजार नयाँ संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का एक लाख १५ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् ।अहिलेसम्मकै एकै दिन भेटिएको यो सबैभन्दा बढी नयाँ संक्रमितको संख्या हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६३० संक्रमितको मृत्यु बताएको छ ।

 यो सँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघी सकेको छ । अहिलेसम्म एक लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएकामध्ये सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा भेटिएका छन् ।  महाराष्ट्रमा ५५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने २९७ संक्रमितको मृत्यु भएको छ । त्यस्तै कर्नाटक, दिल्ली, उत्तर प्रदेशलगायतका राज्‍यमा पनि कोरोनाको नयाँ संक्रमित बढ्दो  क्रममा छ।

कोरोना संक्रमण बढेसँगै दिल्ली तथा अन्य केही राज्यमा सामाजिक गतिविधिमा कडाइ भएको छ । अहिलेसम्म भारतमा आठ करोड ७० लाखभन्दा बढी मानिसले कोरोना खोप लागाईसकेको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।