image
image

ज्योति लाईफको आईपीओ आजबाट कारोबारमा आउने

काठमाडौँ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार) देखि धितोपत्रको दोस्रो बजारमा  कारोबारमा आउँदैछ । हिजो नेपाल स्टक एक्सचेन्जमा  कम्पनीको आईपीओ सूचिकृत भएको हो। कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियो । 

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JLI सिम्बाेल पाएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरीएको छ ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो। जसमध्ये ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीलाई र बाँकी भएको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।