image
image

चिनी उत्पादन घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।

चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो ।

उत्पादन घट्नुमा यति मात्र कारण नरहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने उनको भनाइ छ ।

उही क्षेत्रफलमा त्यति नै मात्रामा मल, बीउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २० देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । उखु उत्पादन घट्ने वर्ष परेकाले त्यसको असर चिनीको उत्पादनमा पनि परेको उनको भनाइ छ ।

अग्रवालका अनुसार १० वर्ष अघिसम्म नेपालमा २ लाख ६० हजार मेट्रिक टनसम्म चिनी उत्पादन हुने गर्दथ्यो । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।

गतवर्षसम्म १२ ओटा चिनी उद्योग सञ्चालनमा रहेकोमा यस वर्ष आवश्यकता अनुसार उखु नपाएपछि १० ओटा उद्योगले मात्रै चिनी उत्पादन गरेका छन् । नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको सरकारी तथ्यांक छ ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।