ज्योति लाईफको आईपीओ बुधवारदेखि कारोबारमा आउने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।कम्पनीको २ करोड २० लाख कित्ता आईपीओ बुधवारदेखि कारोबारमा आउने भएको छ।
पहिलो कारोबारको लागि नेप्सेले रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गरेको छ ।
कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीअो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।