१५.७२ अङ्कले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि
काठमाडौँ २४ चैत । नेपाल स्टक एक्ससेञ्ज (नेप्से)ले साताको तेस्रो दिन मङ्गलवार समेत नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारबाट नेप्से हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ७४ अङ्कमा पुगेको हो। आज अघिल्लो दिन भन्दा १५.७२ अङ्कले नेप्से बढेको हो।
आज कारोबारमा आएका कूल १३ मध्ये सात उपसमूहको शेयर उकालो लागेको छ। त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ।
त्यस्तै आज ७ अर्व ४० करोड भन्दा माथिको कारोबार हुँदा नेप्सेमा सूचीकृत १०३ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । त्यसै गरी ६० वटा कम्पनीका लगानीकर्ताले भने उत्साहप्रद बजारमा समेत निराश बन्नु परेको छ। १७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।