आयकरको दोस्रो किस्ता बुझाउन आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई आयकरको दोस्रो किस्ता बुझाउन आग्रह गरेको छ । चैत मसान्तसम्म दोस्रो किस्ताको कर बुझाउनुपर्ने विभागले जानकारी गराएको छ ।
मंगलबार सूचना जारी गर्दै विभागले कर नबुझाए जरिवाना तथा ब्याज लाग्ने बताएको छ । आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको अनुमानित आय विवरण संशोधन चैतसम्म गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।