साल्ट ट्रेडिङसहित तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट
काठमाडौं२४ चैत । साताको तेस्रो कारोबार दिन मंगलवार साल्ट ट्रेडिङसहित तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यो समाचार तयार पार्दाको समय १२ :५० बजेसम्ममा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ ।
त्यसैगरी सोही अवधिसम्ममा अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ दशमलव ९२ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशतका दरले घटेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको हकमा कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसदिन लगानीकर्ताले अपेक्षा अनुरुपको लाभांश नआएका कारण किन्नेभन्दा बेच्ने धेरै भएकाले उच्च गिरावट आएको हो ।
त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले एक साता अगाडि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको थियो । भित्री कारोबार भएको भन्दै धितोपत्र बोर्डले छानविन समिति गठन गरेको र हकप्रद शेयरका सम्वन्धमा बीमा समितिसमेत ध्यानाकर्षण भएको बताएपछि उक्त कम्पनीको शेयर मूल्य घट्न पुगेको हो ।