वायु प्रदूषणको अवस्था आज पनि उच्च, सर्तक रहन चिकित्सकको आग्रह
काठमाडौं २४ चैत । केही दिन यता हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि पहिलेको अवस्थामा पुगेपछी सावधानी अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन् ।
देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा, धुलोको कण र वर्षाको कमीका कारण वायु प्रदूषित बनेको हो ।अहिले पनि वायु प्रदूषणमा काठमाडौँ शहर विश्वको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (वायुको गुणस्तर सूचांक) आज ३१६ रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा तल रहनुपर्ने हो । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मान्ने गरिएको छ । गत बुधबार बेलुका काठमाडौँ उपत्यकासहित केहि क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो।
त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो हुँदा वायु प्रदूषण फेरि उच्च तहमा पुगेको हो । यसैबीच वायु प्रदुषण दर उच्च बिन्दुमा पुगेका कारण नेपालका आन्तरिक उडानहरु प्रभावित बनेका छन् । हिजो भरतपुर, पोखरा, भैरहवाको बिमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।