लुम्बिनी क्षेत्रमा पनि उच्च रुपमा वायु प्रदूषण
बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा पनि वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनीमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।
लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियमविपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । दर्जन भन्दा बढी सिमेन्ट उद्योगमात्रै सञ्चालनमा छन् भने छड, इँटा, कागज, खाद्य, सिन्थेटिकलगायतका तीन दर्जन बढी ठूला उद्योग छन् । लुम्बिनी वरिपरि झण्डै तीन दर्जन इँटा उद्योग छन् । यी इँटा उद्योग पनि प्रदूषणको अर्को कारक हुन् ।