image
image

चालू खर्च बढेको बढ्यै, विकास खर्च झनै घट्यो

काठमाडौं । पछिल्लो समय चालू खर्च अनियन्त्रित बन्दा बजेट खर्च असन्तुलित बन्न थालेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा खर्च प्रणालीलाई सुधार गरी चालू खर्चमा मितव्ययिता अपनाउनुका साथै विकास निर्माणको कामलाई तीव्रता दिने सरकारले बताए पनि चालू खर्च तीव्र गतिमा बढेको छ भने विकास खर्च झन् खस्किएको छ ।

प्रशासनिक कार्य सञ्चालनदेखि कर्मचारीको तलब भत्तासम्मको शीर्षकमा चालू खर्चको बजेटमार्फत खर्च गरिन्छ । पूँजीगत शीर्षकमा छुट्ट्याइने बजेट विकास निर्माणको कार्यमा खर्च गरिँदै आइएको छ ।

चालू आवको ९ महीना सकिन लाग्दा चैत २२ सम्ममा प्रशासनिक खर्चदेखि तलब भत्तामा मात्रै ५ खर्ब सकिएको छ, विकासको काममा भने ९४ अर्बमात्रै खर्च भएको छ । गतवर्षको तुलनामा हेर्दा चालू खर्च बढेको छ भने विकास झनै घटेको छ । यसले बजेट खर्चलाई असन्तुलित बनाउँदै लगेको छ ।

गतवर्ष यस अवधिमा चालू शीर्षकमा ४ खर्ब ६९ अर्ब खर्च भएको थियो भने विकासतर्पm १ खर्ब ४३ अर्बभन्दा बढी खर्च भएको थियो । यसरी हेर्दा गतवर्षको तुलनामा यस वर्ष चालू खर्च बढेको छ भने विकास खर्च झनै घटेको देखिएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालि सकेपछि बजेट खर्चलाई सही रूपमा खर्च गर्न विष्णु पौडेलले बारम्बार सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै आएका छन् । तर, उनले दिने त्यस्ता निर्देशन पालना हुन नसक्दा चालू खर्च बढेको बढ्यै छ भने विकास खर्च भने कमजोर हुँदै गएको स्पष्ट देखिएको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गतवर्षको तुलनामा यस वर्ष बजेट खर्च उत्साहजनक नै हुने आकलन गरिएको थियो तर त्यस्तो देखिएन ।

उनका अनुसार बजेट खर्च सन्तुलित हिसाबले अघि बढ्न नसक्नुको एउटा कारण राजनीतिक अस्थिरता हो भने कर्मचारीको मनोबलसमेत बढ्न नसक्नु अर्को कारण हो ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।