व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने
काठमाडौं। नेपाल पर्यटन बोर्डले देशैभरिका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ । पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा आयोजित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालिमको समापनमा अवसरमा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका छन् ।
कोभिडको -१९ कारण अहिले तत्कालै अन्तरराष्ट्रिय पर्यटक आउने अवस्था अझै बनिसकेको छैन । यस्तो अवस्थामा आन्तरिक पर्यटन आवश्यक रहेको र त्यसको लागि साना तथा मझौला होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनु पर्ने डा. रेग्मीले बताए ।
शनिबार र आइतबार दुई दिन सात प्रदेश ७७ जिल्लाका १२० जना व्यवसायी सहभागी तालिममा व्यवसायीहरूले रोजगारी सिर्जना आन्तरिक पर्यटनमा साना तथा मझौला होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेपनि राज्यले साना व्यवसायीहरूलाई सोही अनुरुप सहयोग गर्न नसकेको गुनासो गरेका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष हिराध्यव शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरू रहेको र आन्तरिक पर्यटनमा यिनै साना तथा मझौला होटलहरूको भूमिका महत्वपूर्ण हुने बताए ।त्यस्तै उनले आफूहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तयार रहेको र राज्यले समेत त्यसका लागि सहयोग गर्नु पर्ने बताए ।
सोही अवसरमा होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले कोभिड–१९ को महामारीको समयमा महासंघ अन्तर्गतका होटलहरूले राज्यलाई अग्रपंतिमा रहेर सहयोग गरेको जानकारी दिँदै होटलहरूको क्षमता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यकता परेको बताए । त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुकेले यस प्रकारका तालिमलाई देशव्यापी बनाउन आवश्यक छ र बोर्डले सहयोग गरे भने आफूहरूले यस तालिमलाई थप सातै प्रदेशमा लैजाने बताए ।