यो वर्ष पनि भक्तपुरको बिस्केट जात्रा स्थगित
काठमाडौँ २३ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालिन बिस्केट जात्रा यो वर्ष पनि स्थगित गरिएको छ । अघिल्लो वर्ष झैँ यो वर्ष पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै
उक्ता जात्रा स्थगित गरिएको हो ।
आइतबार कोभिड- १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले जात्रा रोक्ने निर्णय गरेको हो । जात्रा मनाउदा भिडभाड सँगै कोरोना पनि बढ्ने भएकाले जात्रा पछि भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने निर्णय भएको हो ।
त्यस्तै रथ तान्ने र लिङ्गो ठड्याउने काम गत वर्षजस्तै यस वर्ष पनि नगरिने केन्द्रको बैठकले गरेको निर्णयमा भनिएको छ ।