image
image

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो समय निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ। अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । 

आइतबार मध्यराति १२ बजेदेखि  लागु हुने गरी  डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ। यद्यपी खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्रि मूल्य भने हाललाई स्थगित नै राखिएको  निगमका प्रवक्ता  विनितमणि उपाध्यायले जानकारी दिए। 

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो। मूल्य समायोजन नहुदा  निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ । मूल्य समायोजनपश्चात् पेट्रोलमा  प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४९८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ। 

त्यस्तै एलपी ग्याँसबाट पनि निगमलाई १५ दिनमा रु ६० लख बराबरको घाटा भईरहेको छ। घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।