image

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

काठमाडौं, नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् ।

कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद अमृतादेवी अग्रहरिले नेपालले कृषि उपज अन्य देशबाट ल्याउनुपर्ने अवस्था आएको बताइन् ।

यस्तै सांसद गोपाल बमले अधिकांश नेपाली रोजगारीका लागि विदेशिदा उत्पादनयोग्य जग्गा बाँझै भएको बताए ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सरकारले विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुनकुन क्षेत्रमा भित्र्याउने विषयमा स्पष्ट निर्णय नगरेको बताए ।

उनले यसअघि समितिले नै कृषिमा विदेशी लगानी भित्र्याउन तत्काल आवश्यक नभएको निर्णय गरे पनि सरकारले घुमाउरो रुपमा पुनः वैदेशिक लगानी खुला गरेको प्रति असन्तुष्टि व्यक्त गरे ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषिमा आत्मनिर्भर भएर निर्यात गर्ने योजनाका साथ विदेशी लगानी खुला गरिएको बताए ।

विसं २०७५ फागुनमा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कृषि तथा पशुपालनमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेको थियो । संसदीय समितिले प्रस्तावित ऐनबाट उक्त विषय हटाएपछि त्यो प्रकरण रोकिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २० गते राजपत्रमा सूचना प्रकाशित गरी ‘विदेशी लगानीसम्बन्धी ऐन, २०७५ को दफा ५० संशोधन गर्दै पशुपछीपालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा ७५ प्रतिशत निर्यात गर्ने सर्तमा लगानी खुला गरेको जनाएको छ ।

सरकारले उक्त निर्णयपछि कृषि क्षेत्रका व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । आन्दोलनस्वरुप गत माघमा उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिटमा सर्वोच्चले सरकारलाई तत्काल कृषिमा विदेशी लगानी खुला कार्यान्वयन नगर्न अन्तरिक दिइसकेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Akpxfi

viagra for women - <a href="https://bestusasild.com/">sildenafil 50mg without prescription</a> buy sildenafil 100mg generic

Gvylgv

order levaquin 500mg generic - <a href="https://viagplls.com/">viagra in usa</a> generic cialis 10mg

Vjvlae

buy cozaar 50mg online cheap - <a href="https://topamaxn.com/">buy topiramate 200mg online cheap</a> brand promethazine

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।