नेप्से हालसम्मकै उच्च विन्दुमा, ९ अर्बमाथिको कारोबार
काठमाडौं २२ चैत । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ९८ प्रतिशत बढेर २ हजार ६५७ दशमलव ६१ विन्दुमा पुगेको हो ।
यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दु कायम गरेको थियो । उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो ।
२१० कम्पनीको रू.९ अर्ब बराबरको शेयर कारोबार भएको छ । यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५४३.९८ अंकले बढेको छ ।