image
image

ग्याँस सिलिन्डरमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जना पक्राउ 


काठमाडौँ २२ चैत । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौँको फर्पिङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको जगनाथपुर घर भएका तेजामनु गद्दी र अब्दुल्लाह गद्दी छन् । फर्पिङको चेक प्वाइन्टबाट उनीहरुलाई पक्राउ गराएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेका उनीहरुले बा.३६ प ७१३७ नम्बरको मोटरसाइकलमा सिलिन्डरभित्र लागु औषध ल्याएका थिए । प्रहरीले सिलिन्डरबाट ५ सय ६८ एम्पुल डाईजेपाम, ५ सय ७७ एम्पुल फेनारगन र ५ सय ७१ एम्पुल नुर्फिन बरामद गरेको छ ।

७ केजी ग्यास अट्ने सानो सिलिन्डरको पिँध काटेर लागु औषध लुकाएर काठमाडौँ ल्याएको पाइएको हो  ।  यस बारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।