image
image

कोरोना महामारीपछि नयाँ ऋणीको संख्या ६.९१% ले वृद्धि

काठमाडौं । कोभिड महामारीको सामना गरेको करीब १ वर्षका बीचमा नयाँ कर्जा प्रवाहमा चुनौती भएको बैंकरहरूले बताउँदै आए पनि पछिल्लो समयमा समग्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या बढेको छ ।

चालू आर्थिक वर्ष (आव) (२०७७/७८) को फागुनसम्ममा समग्रमा नयाँ ऋणी संख्या ६ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा नयाँ ऋणी १ लाख ३४ हजार थपिएका छन् । गत आव २०७६/७७ फागुनको तुलनामा यो वृद्धिदर ३ दशमलव २५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो वृद्धिदर १० दशमलव १५ प्रतिशत थियो । अर्थात् नयाँ ऋणी १ लाख ३८ हजार थपिएका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा बैंकबाट ऋण लिनेको संख्या १६ लाख १ हजार ९ सय ५७ जना पुगेको छ । विसं २०७६ फागुनमा ऋणीको संख्या १४ लाख ९८ हजार रहेको थियो । विसं २०७५ फागुनमा यस्तो ऋणीको संख्या १३ लाख ६० हजार थियो । ऋणीको संख्या प्रत्येक वर्ष बढ्दै गए पनि चालू आव शुरू हुनु अघिदेखि कोभिडले गर्दा नयाँ ऋण प्रवाहमा प्रभाव परेको थियो । यसले गर्दा गत चैत, वैशाख र जेठमा नयाँ कर्जा प्रवाह गर्न सकेका थिएनन् ।

यसपछिका अवधिमा कर्जा प्रवाह केही बढिरहेको छ । वाणिज्य बैंकहरूले फागुनसम्ममा थप १ लाख ३१ हजार (११ दशमलव ८१ प्रतिशत) कर्जा दिएको छ । त्योे दरमा नयाँ कर्जा थपिँदा फागुन मसान्तसम्म २७ वाणिज्य बैंकको १२ लाख ४५ हजार २ सय ७१ ओटा कर्जाको खाता पुगेको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा खाता कुल ११ लाख १३ हजारको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।