image
image

पर्यटक आगमनमा सुधार, सबै भन्दा बढी भारतबाट आए !

काठमाडौं । पछिल्लो समय मुलुकमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ । वसन्त (स्प्रीङ) को सिजन शुरू भएसँगै र सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिएपछि मार्च महीनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका हुन् । यीध्ये ५ देशबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यद्यपि नेपालमा अहिले ३३ देशका पर्यटक आइसकेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

नेपाल पर्यटन बोर्डका अनुसार २०१९ पछि २०२१ को यो सिजनमा बढी पर्यटक भित्रिएका हुन् । २०२० को यो सिजनमा भने कोरोना भाइरस र बन्दाबन्दीले पर्यटक आगमन शून्य थियो ।

मार्च महीनामा सार्क मुलुकमध्ये भारतबाट सबैभन्दा बढी पर्यटक नेपालमा आएका छन् । मार्चमा भारतबाट ७ हजार ६५८ पर्यटक नेपाल आएका छन् । यसैगरी अमेरिका, चीन, बेलायत र जर्मनीबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् ।

यतिबेला नेपालमा हिमाल आरोहण तथा ट्रेकिङका लागि पर्यटकहरू बढी आउने गर्छन् । वसन्त सिजन शुरू भइसकेको हुँदा मार्चमा पर्यटक आगमन उल्लेख्य देखिएको हो । बढी खर्च गर्ने मानिएका यूरोपेली महाद्वीपका १६ देशका १ हजार ७९० जना पर्यटक नेपाल आएका छन् । तीमध्ये जर्मनी, फ्रान्स, रसिया, बेल्जियम, नेदरल्यान्डबाट धेरै पर्यटक आएका छन् । क्यानडा र अमेरिकाबाट भने १ हजार ८३१ जना आएका छन् । एशियाका चीनसहित ८ देशबाट १ हजार ५७० जना पर्यटक नेपाल आएका छन् ।

नेपालमा सार्क मुलुकबाट ८ हजार ८० जना पर्यटक आएका छन् । यसमध्ये भारतपछि सबैभन्दा बढी ७ हजार ६ सय ५८ र बंगलादेशबाट ५६८ जना पर्यटक नेपाल आएका छन् । पर्यटक संख्यामा सार्क मुलुकको अंशमध्ये ५५ दशमलव ९५ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।