करोडौंको आईपिओ जारी गर्दै जीवन विकास लघुवित्त
काठमाडौँ २१ चैत। जीवन विकास लघुवित्त वित्तीय संस्थाले छिटै सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० का दरले आईपिओ जारी गर्ने बताएको छ । आईपिओ निष्कासनका लागि लघुवित्तले गत फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरिसकेको छ ।
त्यस्तै लघुवित्तले बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको जानकारी गराएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।